नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष घिमिरे पूर्वपर्यटन सचिव हुन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएका थिए । 

उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ । घिमिरेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केही दिनअघि नै मन्त्रिपरिषदमा पुगेको थियो । 

यसअघि झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा नियम मिचेर खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएकोमा विवाद भएको थियो । 

पर्यटन सचिव नै वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

उनको कामबाट पर्यटनमन्त्री सन्तुष्ट नभएपछि गत माघमा राजीनामा दिएका थिए ।





  • प्रकाशित मिति : वैशाख ३, २०७७ बुधबार १२:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया