भारतले वैदेशिक लगानीबारे ल्याएको नयाँ नियमले चीन रुष्ट

एजेन्सी– कोरोनाभाइरस महामारीका कारण गुमेको अर्थतन्त्रलाई जोगाउन र फेरि माथि उठाउन भारत सरकारले ल्याएको नयाँ नियमलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । 

भारतमा रहेको चिनियाँ दूतावासले भारतले अहिले ल्याएको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को नियम व्यापार तथा लगानीमा उदारीकरणको सामान्य चलनभन्दा फरक भएको प्रतिक्रिया दिएको हो ।

भारतले केही दिनअघि मात्र एफडिआइको नियममा परिवर्तन गर्दै विदेशी कम्पनीहरुले भारतीय कम्पनीहरुमा लगानी गर्दा वा कम्पनीहरुलाई लिँदा सरकारको अनुमति लिनै पर्ने बनाएको छ । भारत सरकारले कोरोनभाइरसको यो महामारीमा चीनका विभिन्न कम्पनीले भारतीय कम्पनीलाई टेकओभर गर्न खोजेको र त्यसलाई रोक्न यस्तो नियम ल्याएको अनुमान छ ।

भारतको वाणिज्य मन्त्रालयले १७ अप्रिलमा एउटा सूचना जारी गर्दै यो नियममा परिवर्तन गरेको थियो । यसको उद्देश्य अहिलेको कठिन समयलाई कसैले पनि फाइदा नउठाओस् भन्ने रहेको सूचनामा उल्लेख गरिएको थियो । 

भारतीय कांग्रेसका नेता राहुल गान्धीले १२ अप्रिलमा ट्विट गर्दै यो नियम ल्याउन अनुरोध गरेका थिए ।

अब कुनै पनि विदेशी कम्पनीले भारत सरकारको अनुमतिविना भारतीय कम्पनीहरुलाई टेकओभर गर्न पाउने छैनन् ।



यस्तो प्रतिबन्ध यसअघि नै बंगलादेश र पाकिस्तानमाथि लगाइएको थियो । तर, अब आएको नयाँ नियमले चीन, भुटान, अफगानिस्तान, म्यानमार तथा नेपालका लागि पनि यसमा समावेश गरेको छ ।



  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १५:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया