राजनीतिक दल फुटाउन खुकुलो बनाउने अध्यादेश ल्याउँदै सरकार
फाइल तस्वीर ।

काठमाडौं– राजनीतिक दलसम्बन्धी अहिले भएको कानुनमा संशोधन गर्न सरकारले नयाँ अध्यादेश ल्याउने भएको छ । अहिले ल्याउने अध्यादेशअनुसार अब राजनीतिक पार्टी फुटाउन यसअघि भएको कानुनभन्दा सहज हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा यसबारे छलफल भएको र सरकारले ल्याएको अध्यादेशअनुसार अब राजनीतिक पार्टी फुटाउन सहज हुने बताइएको छ । 

अहिलेको कानुनअनुसार दल फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुग्नु पर्ने प्रावधान छ । तर, अब अध्यादेश ल्याएपछि दल फुटाउन संसदमा वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत संख्या पुगे हुने प्रावधान बनाउन थालिएको छ ।

यसरबाहेक अन्य विषयमा पनि संसोधन हुनसक्ने बैठकमा सहभागी एक मन्त्रीले फरकधारलाई जानकारी दिएका छन् ।

योसँगै नेपाल कम्युनिस्ट पार्टी विभाजनका लागि सहज हुनसक्ने अनुमान पनि धेरैले गरेका छन् । 

पछिल्लो समय नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मतभेद बढेको र छुट्टै समीकरणको प्रयास समेत सुरु भइसकेको बताउँदै आइएको थियो ।



त्यसैले पनि यो अध्यादेश ल्याउँदा पार्टीमा विभाजन आउन सक्ने सम्भावना प्रवल भएको नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताएका छन् । 



  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १५:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया