बुढानीलकण्ठमा लकडाउन उल्लंघन गर्नेलाई खादा

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका १०ले लकडाउन उल्लंघन गर्नेका लागि कारबाहीको सट्टा खादा ओढाउन थालेको छ । लकडाउन उल्लंघन गर्नेलाई लज्जित गराउन कारबाही गर्नुको सट्टा खादा ओढाइएइको हो । 

वडा कार्यालयले बिना काम बाहिर निस्किनेको संख्या बढेपछि शनिबारदेखि खादा ओढाउन सुरु गरेको हो । सम्झाई–बुझाई गर्दा नलागेपछि शरम होस्, गल्ती महसुस होस् भनेर त्यस्तो गर्न थालेको वडाध्यक्ष नवराज भट्टराइले बताए । 

यसका लागि वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेवी खटाएको छ । कार्यालयले फ्लेक्स बनाएर पढ्न लगाउने तयारीसमेत गरेको उनले बताए ।





  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १६:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया