ओली र प्रचण्डले आजै राष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्ने
फाइल तस्वीर ।

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट पार्टी विभाजनसम्बन्धी कानुन हेरफेरका लागि अध्यादेश पारित गरेपछि नेपाल कम्युनिस्ट पार्टीभित्रको राजनीति थप पेचिलो बन्दै गएको छ । 

पार्टीमा पूर्वमाओवादी नेताहरुले यसमा असन्तुष्टि जनाएपछि अहिले बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दैछ । 

सचिवालय बैठक सकिएलगत्तै नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने तयारी गरेका छन् । 

स्रोतका अनुसार यो भेट छुट्टाछुट्टै हुनेछ । प्रधानमन्त्री ओलीकै चाहनामा आएकाले यो अध्यादेश आजै राष्ट्रपतिबाट समेत हस्ताक्षर गर्ने तयारी रहेको छ । ओलीकै चाहना भएकाले अध्यादेशलाई रोक्नेबारे अहिले दुवै समूहले चाहेका छैनन् ।

‘राष्ट्रपति भण्डारीसँग समय माग गरेको बुझेको छु,’ नेकपाका एक नेताले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने, ‘दुवै नेताले छुट्टाछुट्टै भेट्ने भन्ने तय भएको छ । सायद यो त्यसरी नै अगाडि बढ्छ ।’

अर्कोतिर पूर्वमाओवादी नेताहरुले ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आफूहरु पनि त्यही अनुसार अगाडि बढ्ने बताउन थालेका छन् ।





  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १७:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया