निको भए धादिङका कोरोना संक्रमित पनि
प्रतिकात्मक तस्वीर

काठमाडौं– युएईबाट आएका धादिङका कोरोनाभाइरस संक्रमित युवा पनि निको भएका छन् । कोरोनाभाइरस संक्रमण भएको २८ दिनपछि उनी निको भएका हुन् । 

योसँगै नेपालमा ६ जनाले कोरोनाभाइरस जितेका छन् । टेकु अस्पतालमा उपचार गराइरहेका उनलाई आज डिस्चार्ज गर्ने तयारी रहेको छ ।

उनलाई १२ चैतमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

योसँगै टेकु अस्पतालमा तीन जना कोरोनाभाइरस संक्रमित ठिक भइसकेका छन् । यसअघि नेपालमा भेटिएका पहिलो र दोस्रो कोरोनाभाइरस संक्रमित युवा र युवती पनि ठिक भएर फर्किइसकेका छन् ।

नेपालमा अहिलेसम्म ४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अन्य सबैको अस्पतालमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै उदयपुरमा २४ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १३:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया