विज्ञप्ति निकालेर रुही नाजले भनिन्– म समाजवादीमै छु !

काठमाडौं– सर्लाहीकी सांसद रुही नाजले समाजवादी पार्टीबाट आफू अलग भएको समाचारहरु विभिन्न मिडियामा आएकोमा भत्र्सना गर्दै खण्डन गरेकी छिन् ।

बुधबार अबेर साँझ विज्ञप्ति निकाल्दै उनले आफूले समाजवादी नछोडेको प्रष्ट पारेकी हुन् । 

उनले आफ्नो नाम जोडेर पार्टी फुटाउन सक्रिय रहेको भन्दै गरिएको प्रचारको खण्डनमात्र गरेकी छैनन्, आफ्नो चरित्र हत्या गर्ने दुस्प्रयास भएको भन्दै भ्रम फैलाउनेलाई कारवाही गर्न माग पनि गरेकी छिन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘म समाजवादी पार्टीप्रति पूर्ण वफादार भएर काम गरिरहेकी छु ।’ बुधबार समाजवादी पार्टी र राजपाबीच एकता भएपछि समाजवादी पार्टीबाट अलग हुने सांसदको नाममा केही मिडियामा रुहीको पनि नाम आएको थियो ।





  • प्रकाशित मिति : वैशाख ११, २०७७ बिहीबार ५:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया