समाजवादीको अर्को आरोप– प्रधानमन्त्रीले समाजवादीका सांसदलाई पाँच तारे होटलमा राखे

काठमाडौं– एकाएक बदलिएको समाजवादी पार्टीको राजनीतिमा फेरि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को आरोप लगाइएको छ । पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सांसदहरुलाई खान बस्ने सुविधा एिर पाँच तारे होटल मेरियटमा राखेको आरोप लगाएका हुन् । 
उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्– पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको छ । ७०१(७१५ सम्मका कोठामा समाजवादीका सांसदहरूलाई, केहीलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर, राखिएको छ । होटलमा रेणु यादव, इस्तियाक सहितको टीमलाई राखिएको छ ।

बुधबार राति नै समाजवादी पार्टी र राजपाबीच एकीकरणको सहमति भएको छ । यी दुई पार्टी मिलेर बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

यसअघि पाण्डेले नै प्रधानमन्त्रीकाे आदेशमा समाजवादी पार्टीका  डा. सुरेन्द्र यादवलाई अपहरण गरिएकाे आराेप लगाएका थिए ।

उनले अरु सांसद पनि प्रधानमन्त्रीकाे अपहरणमा परेकाे र उनीहरुलाई छुटाउनका लागि नेता अशाेक राई मेरियट हाेटलमा पुगेकाे दाबी गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख ११, २०७७ बिहीबार ८:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया