कोरोना उपचारपछि घर फर्किए सनसिटी अपार्टमेन्टमा बस्ने आमा–छोरा

काठमाडौं– पाटन अस्पतालमा उपचाररत पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका आमा–छोरा कोरोना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार यसबारे जानकारी गराएको हो ।  

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ छोरा र उनकी ८१ वर्षीया आमा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

गत ५ चैतमा बेलायतबाट नेपाल आएका आमा–छोरासहित ५२ वर्षीया बुहारीमा नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्टमा एन्टिबडी पोजेटिभ देखिएको थियो । लगत्तै  उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।





  • प्रकाशित मिति : वैशाख ११, २०७७ बिहीबार १७:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया