रमजानमा घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको चाड रमजानको नमाज घरमै बसेर पढ्न आग्रह गरेका छन् । 

कोरोना महामारीका कारण अध्यक्ष अन्सारीले मुस्लिम समुदायलाई मस्जिदमा नगई घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् ।

मस्जिदमा गुरु र अन्य कर्मचारी ४ देखि ५ जनाबाहेक नगइदिन आग्रह गर्दै उनले भने, ‘भोलिबाट सुरु हुने रमजानको व्रत घरमै बसेर गर्न र व्रत तोड्दा सामूहिक बस्ने चलन अहिलेको अवस्थामा तोड्न मुस्लिम समुदायलाई अनुरोध गर्दछु ।’

उनले सचेत भएर यो महामारीबाट बच्न दूरी कायम गर्ने र घरमै बसेर नियमित कर्म गर्न अनुरोध गरेका हुन् । 

वीरगन्ज र उदयपुरमा ठूलो संख्यामा जमातीहरूमा कोरोना संक्रमण देखिएको उललेख गर्दै उनले भने, ‘हामी मुस्लिमहरू अत्यधिक गम्भीर हुनुपर्ने देखिएको छ । यो रोगबाट बच्न एक मात्र उपाय भनेको लकडाउनको पालन र दूरी कायम गर्नुपर्छ ।’

उनले कोही मस्जिद र मदरसामा रहेको भेटिए तुरुन्त नजिकैको जिल्ला प्रसासन कार्यालय र स्थानीय सरकारलाई भनेर कोरोना परीक्षणका लागि सहयोग गरिदिन सबैमा आग्रहसमेत गरे ।
 





  • प्रकाशित मिति : वैशाख १२, २०७७ शुक्रबार १८:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया