कोरोनाभाइरसविरुद्ध भारतमा प्लाज्मा थेरापी सुरु

विश्व अहिले कोरोनाभाइरसको कहरका कारण पीडित भएको छ । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको यो कोरोनाभाइरस अब संसारमा निकै ठूलो समस्याका रुपमा दर्ज भएको छ । यो विश्वमा आएका महामारीमध्ये एक प्रमुख महामारी पनि भएको छ ।

तर, अहिलेसम्म यसको ठोस उपचार सुरु हुन सकेको छैन ।

तैपनि विश्वका विभिन्न देशमा यसबारे उपचारका प्रयासहरु भइरहेका छन् । विभिन्न देशमा अब मानिसमा कोरोनाभाइरसको भ्याक्सिन पनि परीक्षण हुन थालेका छन् । 

छिमेकी मुलुक भारतमा पनि कोरोनाभाइरसको उपचारका लागि नयाँ प्रयोग गर्न खोजिएको छ । 

शनिबार दक्षिण भारतमा सुरु हुने यो पद्धति हो, प्लाज्मा थेरापी । पहिलोपटक क्लिनिकल ट्रायल सुरु हुन लागेको प्लाज्मा थियोरी भारतको एक प्राइभेट र एक सरकारी अस्पतालमा हुन लागेको हो ।

कर्नाटकका मेडिकल शिक्षा तथा कोभिड १९ मन्त्री डाक्टर के सुधकारले यसबारे भनेका छन्, ‘डोनर शनिबार आउँदैछन् । अनि जो मानिस गम्भीर बिरामी छन्, उनले पनि उपचारका लागि अनुमति दिएका छन् ।’



भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले एचसिजी क्यान्सर अस्पतालका चिकित्सक विशाल रावलाई प्लाज्मा थेरापीका लागि अनुमति पनि दिएका छन् । 

कोरोनाभाइरसलाई जितेका डोनरले आफ्नो रगत दिन तयार भएका हुन् । अब उनको रगतको प्लाज्मा कोरोनाभाइरसको उपचार गराइरहेका एक व्यक्तिमा राखिने छन् । 



प्लाज्मामा कोरोनाभाइरस प्रतिरोधी एन्टिबडी हुने भएकाले यसले संक्रमित व्यक्तिको शरीरमा पनि भाइरसको विरोधमा एन्टीबडी विकास गर्न सहयोग गर्ने मानिएको छ । यसले काम गरेको खण्डमा ४८ देखि ७२ घन्टामा नै मानिसमा सुधार देखिन सकिने भारतका चिकित्सकहरुले बताएका छन् । 

तर, यसरी प्लाज्मा लिने व्यक्तिमा मुटु रोग चाहिँ हुनुहुँदैन ।
 

 

  • प्रकाशित मिति : वैशाख १३, २०७७ शनिबार ६:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया