एजेन्सी– विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ ठिक भइसकेका विभिन्न व्यक्तिलाई फेरि संक्रमण हुनसक्ने बताइएको छ । त्यस्ता व्यक्तिमा एन्टी बडीले कोरोनाभाइरस नजित्ने पनि डब्लुएचओले बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार इम्युनिटी हासिल गर्ने प्रक्रियामा विभिन्न स्टेपको प्रोसेस हुने र यसका लागि दुई साता कम्तिमा पनि लाग्ने पनि बताएको छ । यो प्रक्रिया रगतमा हुने एन्डी बडिजमा निर्भर हुने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमितमा हुने एन्टी बडिजबारे अध्ययन गरिरहेको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।