कम्तिमा एक साता लकडाउन थप्न सरकारलाई सिफारिस

काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन कम्तिमा पनि एक साता लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई थप लम्ब्याउन निर्देशन दिएको हो । यो बैठक मुख्यमसचिव लोकदर्शन नेतृत्वमा बसेको थियो ।

मुख्यसचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्ने र ठाउँ हेरेर खुकुलो पार्न सकिने पनि सुझाव दिएको छ । समितिको यो सुझावमाथि मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी एक सचिवले फरकधारलाई दिएको जानकारीअनुसार सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानहरु तत्काल नखोल्ने बताइएको छ । 

 

 





  • प्रकाशित मिति : वैशाख १३, २०७७ शनिबार १९:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया