कोरोनाभाइरसले पूरा गरिदिएको चीनको एउटा लक्ष्य

एजेन्सी– कोरोनाभाइरस (कोभडि १९)का कारण अहिले विश्व प्रताडित भएको छ । विश्वका कयौँ देशमा यसको संक्रमण रोकथामका लागि र नियन्त्रणका लागि लकडाउन आह्वान गरिएको छ ।

लकडाउने मानिसहरुको जीवनमा समस्या त ल्याएको छ तर सँगसँगै वायु प्रदुषणमा तुलनात्मक रुपमा धेरुै सुधार ल्याएको । चीनको हुबेई प्रान्तमा सबैभन्दा पहिले कोरोनाभाइरस देखिएको थियो । त्यहाँ ७८ दिन लकडाउन गरेपछि त्यहाँको हावा पनि सफा भएको अन्तर्राष्ट्रिय मिडियाहरुको समाचार उल्लेख गरिएको छ ।

यो खासमा चीनले राखेको लक्ष्य पनि थियो । अब कोरोनाभाइरसका कारण चीनको लक्ष्य पूरा भएको बताइएको छ । त्यहाँ लकडाउनविना यो सम्भव नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । स्थानीय अधिकारीहरुका अनुसार त्यहाँ अक्टोबरदेखि मार्चको अवधिमा पिएम२.५ को औसत सांद्रतामा १५ प्रतिशतले कमी आएको छ ।

यो वर्ष सुरु भएपछि ३ सयभन्दा धेरै चिनियाँ सहरमा फोक्सोलाई नै समस्यामा पार्ने पिएम २.५ को सांद्रता १५ प्रतिशत कम भएको बताइएको छ ।

 

 





  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार १२:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया