डा. यादव अपहरण प्रकरणः दुई पटक गाडी फेरियो, दायाँबायाँ गरे जे पनि हुनसक्छ भनियो

काठमाडौं– समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउँदा अपहरणकै शैली अपनाइएको खुलेको छ । आइबार डा. यादवले प्रहरी परिसर टेकुमा आफूलाई काठमाडौं ल्याउँदा भएका घटनाहरुको वर्णन गरि उजुरी दिन पुगेपछि यो खुलासा भएको हो । 

उजुरी पत्रमा उनले आफूलाई कसरी काठमाडौंसम्म ल्याइएको थियो भन्ने खुलाएका छन् । 

उनलाई सबैभन्दा पहिले पूर्वआइजिपी सवेन्द्र खनालले फोन गरेका रहेछन् । उजुरी पत्रमा उनले खनालले आफूलाई ९ वैशाख मंगलबार फोन गरेको खुलाएका छन् । ‘मंगलबार साँझ ६÷७ बजेतिर पूर्वआइजिपी खनालले मलाई मलाई फोन गरी म प्रधानमन्त्रीनिवास बालुवाटारमा छु, प्रधानमन्त्रीज्यूले तपाईंलाई भेट्न खोज्नुभएको छ, तपाईं आउनुपर्योप भन्दा म अहिले गाउँमा छु, आउन सक्दिनँ, लकडाउन समाप्त भएपछि काठमाडौं आउँछु साथै सामान्य जवाफ दिएँ,’ यादवको उजुरी पत्रमा उल्लेख गरिएको छ । 

तर, भोलिपल्ट विहानै खनाल यादवको गाउँमा पुगेका रहेछन् । त्यो पनि उनले खनालको फोन आएसँगै थाहा पाएको उल्लेख गरेका छन् । त्यसको केही बेरमा खनाल सांसद महेश बस्नेत र किसन श्रेष्ठका साथमा यादवको घरमा पुगे । ‘उहाँसँगै प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरू महेश बस्नेत र कृष्णकुमार ९किसन० श्रेष्ठलाई देख्दा आश्चर्य लाग्यो । घरमा आएपछि लोकाचार निर्वाह गरेँ,’ प्रहरीले लिन नमानेको यादवको उजुरी पत्रमा लेखिएको छ, ‘सर्वेन्द्र खनालले एकदमै जरुरी काम परेकोले सँगै जानुपर्योे भने र जनकपुर आइसकेपश्चात् विपक्षीहरूले १७३८ नं। को मेरो अस्पतालको गाडी छोड्न र निजहरू चढी आएको गाडीमा जनकपुरबाट प्रतिवादीहरूले मलाई बर्दिबास ल्याए ।’

बर्दिबासमा फेरि गाडी फेरिएको डा. यादवले उल्लेख गरेका छन् । त्यहाँ उनलाई सेतो टोयटा गाडीमा जानु पर्ने हठ गरिएको रहेछ ।

अनि त्यहाँबाट किसनले प्रधानमन्त्री तथा प्रधानमन्त्रीका निजी सहायकको सम्पर्कमा रहेको भन्दै डा. यादवलाई धम्की दिएको यादवको दाबी छ । उजुरी पत्रमा लेखिएको छ, ‘बर्दिबासमा निजहरूले ल्याएको अर्को सेतो टोयटागाडीमा नै जानुपर्ने गरी हठ लिए, मलाई नियन्त्रणमा लिई पटकपटक तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ९किसन०ले म प्रधानमन्त्री तथा निजको निजी सहायकको सम्पर्कमा छु, दायाँबायाँ गरे जे पनि हुन सक्छ, तपाईंलाई लिएर आजै काठमाडौं जानु छ भनी धम्की दिँदै बर्दिबास–सिन्धुली हुँदै आउँदा बाटोमा निजले प्रधानमन्त्री केपी ओलीलाई फोन गरी डाक्टरलाई काठमाडौं ल्याइपुर्यााउन लागेको सूचना गरेका थिए ।’



त्यहाँबाट बाटोमा महेश बस्नेत र किसन श्रेष्ठले खनाल अख्तियारको आयुक्त नियुक्ति हुने भन्दै आफूलाई प्रलोभनमा पार्न खोजेको पनि डा. यादवले बताएका छन् । 

उनीहरुले आफ्नो अभियानमा साथ नदिए ठिक नहुने बताएको पनि यादवले बताएका छन् ।
 



  • प्रकाशित मिति : वैशाख १५, २०७७ साेमबार १४:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया