टोकियो ओलम्पिकः २०२०... २०२१.... २०२२... ?

एजेन्सी– विश्वमा कोरोनाभाइरस कहर बढेसँगै जापानमा हुने भनिएको टोकियो ओलम्किप अर्को वर्ष हुने पनि अनिश्चितता बढेको छ । यसअघि सन् २०२० मा वा यसै वर्ष हुने भनिएको टोकियो ओलम्पिक्स सन् २०२१ का लागि सारिएको थियो ।

तर, सन् २०२१ मा टोकियो ओलम्पिक्स हुन नहुने आवाज जापानमा नै उठ्न थालेको छ ।

जापान मेडिकल एसोसियसनका प्रमुखले सन् २०२१ मा पनि टोकियो ओलम्पिक हुँदा थप खतरा हुने बताएका छन् । 

‘जापानले टोकियो ओलम्पिक गराउनु हुँदैन भन्न खोजेको होइन,’ योशिटेक योकोकुराले भनेका छन्, ‘तर, कोरोनाभाइरसको भ्याक्सिन नबनेसम्म यो काम गर्नु हुँदैन । यहाँ खेल खेलाउनु हुँदैन ।’

त्यसो त यसअघि पनि टोकियो गेम्सका प्रमुखले अर्को वर्ष पनि ओलम्पिक्स हुनेमा आशंका व्यक्त गरेका थिए ।
 

 





  • प्रकाशित मिति : वैशाख १६, २०७७ मंगलबार ९:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया