बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ । पछिल्ला केही दिनदेखि नेकपामा देखिएको रस्साकस्सीबीच यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

सचिवालय बैठकमा नेताहरुबीच पछिल्ला राजनीतिक घटनाबारे छलफल हुने बताइएको छ । यही बैठकमा माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पक्षले केपी शर्मा ओली पक्षलाई पछिल्ला राजनीतिक घटनाक्रमबारे सोध्ने बताइएको छ । 

यो सचिवालय बैठकले नै नेकपामा स्थायी समिति बैठक बोलाउने निर्णय गर्ने पनि अनुमान गरिएको छ । तर, यो बैठक बोलाउन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली तयार भइसकेका छैनन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार १९:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया