इरफानको निधनले सलमान–साहरुख दुखी

बलिउड अभिनेता इरफान खानको निधनले पूरै बलिउड क्षेत्र दुखी भएको छ । बलिउडका अधिकांश अभिनेता तथा अभिनेत्रीले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । 

मंगलबार स्वास्थ्यमा समस्या आएपछि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएका इरफानले त्यहाँ नै अन्तिम सास लिएका हुन् । उनको निधनमा सलमान खान र साहरुख खानले निकै भावुक स्टाटसहरु सामाजिक सन्जालमा राखेका छन् ।

साहरुखले लेखेका छन्, ‘मेरो साथी, प्रेरक तथा हाम्रो समयका शानदार अभिनेता । अल्लाहले तिम्रो आत्मालाई शान्ति देओस् इरफान भाइ ।’ अर्का अभिनेता सलमान खानले पनि ट्विटरमा भावुक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘फिल्मी उद्योग, प्रशंसक, परिवार तथा साथीहरु सबैका लागि यो ठूलो क्षति हो, भगवानले उनको परिवारलाई शक्ति देओस् ।’

 





  • प्रकाशित मिति : वैशाख १७, २०७७ बुधबार १९:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया