अदालतले छोडेलगत्तै पक्राउ परे थर्मल गनमा ‘कालोबजारी गर्ने’ सुलभ अग्रवाल

काठमाडौं– शंकर ग्रुप तथा जगदम्बाका सन्चालक सुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् । उनलाई बिहिबार काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । तर, अदालत परिसरबाट बाहिर निस्किनेवित्तिकै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएका अग्रवाललाई अब सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले अब उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने भएको छ । 

यसअघि उनी २५ चैतमा ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका थिए । प्रहरीले स्वयं उनलाई थर्मल गन किन्नु पर्यो भनेर बोलाएको थियो । 

नेपालका लागि कीर्गिस्तानका वाणिज्यदूतसमेत रहेका अग्रवालको सबै सेवासुविधा थुतिएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १७:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया