जर्मनीले लकडाउन थप खुकुलो बनाउने

जर्मनीले लकडाउन थप खुकुलो बनाउने भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउन खुकुलो बनाउँदै अब त्यहाँ म्युजियम, ग्यालरी, चिडियाघर र खेल मैदानहरु खुल्न लागेका हुन् । जर्मनीले धार्मिक कार्यक्रमहरु पनि अब हुन दिने बताएको छ ।

तर, यो विशेष सावधानीका साथ हुने पनि बताइएको छ । त्यहाँका केही राज्यहरुले यसलाई सकारात्मक कदमका रुपमा लिएका छन् । 

लकडाउन खुकुलो बनाइए पनि धेरै जनालाई एकै ठाउँमा भेला हुन चाहिँ दिइने छैन । यस्तो प्रतिबन्ध अगस्टसम्म लगाइने बताइएको छ । 

जर्मनीले गत सातादेखि नै लकडाउन खुकुलो बनाउँदै आएको हो । जर्मनीमा अहिलेसम्म कोभिड १९ का कारण ६ हजार २ सय ८८ जनाको निधन भएको छ ।
 

 





  • प्रकाशित मिति : वैशाख १८, २०७७ बिहीबार २३:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया