स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो

कोरोनाभाइरस (कोभिड १९) का कारण युरोपमा सबैभन्दा प्रभावित देशमध्ये एक हो, स्पेन । स्पेन युरोपेली देशमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित र मृतकको देश हुन पुगेको छ । 

अब शुक्रबार आएको तथ्यांकअनुसार स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ । शुक्रबार त्यहाँ २ सय ८१ जनाको निधन भएसँगै स्पेनमा मृतकको संख्या २५ हजार नाघेको हो । 

स्पेनको स्वास्थ्य मन्त्रालयले त्यहाँ अब कोरोनाभाइरस संक्रमितको संख्या पनि बढेर २ लाख १५ हजार पुगिसकेको बताएको छ ।

स्पेनले केहीअघि मात्र जारी लकडाउनलाई चार चरणमा अन्त्य गर्ने योजनाको घोषणा गरेको थियो । जुनको अन्त्यसम्म त्यहाँ जीवन नयाँ तरिकाले सामान्य हुने दाबी नेताहरुले गर्दै आएका थिए ।
 

 





  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार १७:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया