बलात्कार प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
मुद्दा मिलाइदिने भन्दै घुस लिने वन अधिकृत पनि पक्राउ

कैलाली– कैलालीमा एक विवाहित किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनका श्रीमान् र जेठाजु पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीको माइतीपक्षले उनलाईलाई श्रीमान् र जेठाजु मिलेर जबर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा निवेदन दिएको थियो । सोही उजुरीका आधारमा कैलाली प्रहरीले किशोरीका १७ वर्षीय श्रीमान् र जेठाजुलाई पक्राउ गरेको हो । 

उनीहरुको १ वर्षअघि मागी विवाह भएको थियो । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको उजुरी आएपछि दुवैजनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । 

१६ गते उजुरी परेपछि प्रहरीले महिलालाई सेफ हाउसमा राखेको थियो । कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाएको थियो । 

किशोरी र उनका माइती पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्दा दिएपछि प्रहरीले आरोपित दुवैजनालाई पुनः पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला ल्याइएको र आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ । 

सो मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामी पनि पक्राउ परेका छन् । उनलाई भने अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : वैशाख २०, २०७७ शनिबार ११:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया