वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं– आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २६ गते ४ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।  

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

कोरोना संत्रासका कारण सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ ।





  • प्रकाशित मिति : वैशाख २१, २०७७ आइतबार १२:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया