चीनमाथि फेरि खनियाे अमेरिका, फेरि पनि काेराेनाभाइरस ल्याबमै बनेकाे दाबी
अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले एक पटक फेरि कोरोनाभाइरस फैलाउन चीनलाई नै जिम्मेवार मान्दै कडा आलोचना गरेका छन् । 

एबिसी न्युजसँग दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चीनसँग यो मौका थियो, समय थियो कि उसले महामारी रोक्न सक्थ्यो जसका कारण अहिले पूरै विश्व शिकार भएको छ । तर, उसले जानकारी दिएन, भ्रम फैलाउने काम गर्यो ।’

अमेरिकामा ट्रम्प प्रशासनले बारम्बार यो सन्दर्भमा चीनमाथि आक्रमण गर्दै आएको छ ।

अब त कतिपयले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि लक्षित गरेर अमेरिकाले यस्तो गर्दै आएको आरोप पनि लगाउन थालेका छन् । ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा आफूलाई जिताउन यसको दोष अरुलाई थोपरेको तर आफूले समयमा काम नगरेको भन्ने विश्लेषणहरु आउन थालेका छन् ।

यसपटक माइकले पनि यो भाइरस ल्याबमा नै बनेको हो भन्ने दाबी गरे । ‘अरु राम्रा विशेषज्ञहरुले पनि यही सोच्न थालेका छन्,’ उनले भनेका छन्, ‘भाइरस ल्याबमा बनाइएको हुनसक्छ ।’

तर, गत सातामात्र अमेरिकाको जासुसी संस्था तथा वैज्ञानिकहरुले यो भाइरस मानिसले नबनाएको बताएका थिए । 
 



 



  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार ५:२८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया