ब्राजिलमा एक लाख बढी कोरोना संक्रमित, राष्ट्रपति भन्छन्– यो केही होइन
ब्राजिलका राष्ट्रपति

ब्राजिलमा पनि पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या निकै बढेको छ । अब त्यहाँ कोरोनाभाइरस संक्रमित १ लाखभन्दा बढी भएको त्यहाँका सरकारी अधिकारीले जारी गरेको तथ्यांकले बताएको छ ।

तर, ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले चाहिँ यो सब केही नभएको बताएका छन् । ‘यो मेरो सरकार ढाल्ने खेलमात्र हो,’ उनले बारम्बार भन्दै आएका छन् । 

यतिमात्र होइन, बोल्सेनारोले त त्यहाँ बजार खुलाउन माग गर्दै गरिएका प्रदर्शनमा समेत आफूलाई सहभागी बनाउँदै आएका छन् ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा कम्तिमा पनि ४ हजार ५ सय ८८ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अहिलेसम्म ब्राजिलमा २ सय ७५ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 
 

 





  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार ११:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया