मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी

चितवन– वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित जलवीरेमा सोमबार पहिरो खसेपछि सो सडकखण्ड अबरुद्ध भएको थियो । 

पहिरोका कारण सडकमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन केहीबेर रोकिएका थिए । अहिले पहिरो पन्छाउने काम जारी छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको र केहीबेरमै दुवैतर्फ सडक सुचारू गराउने प्रयास भएको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार १२:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया