रुसमा लगातार दोस्रो दिन १० हजारभन्दा धेरै कोरोना संक्रमित

एजेन्सी– रुसमा कोरोनाभाइरसका संक्रमितको संख्या लगातार दोस्रो दिन १० हजारभन्दा बढी भेटिएका छन् । पछिल्ला २४ घन्टामा रुसमा १० हजार ५ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यसअघि आइतबार पनि रुसमा १० हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।

अब योसँगै १ लाख ४५ हजार २ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अब रुसका अधिकारीहरुले देशमा चीन, टर्की, इरान तथा अन्य देशभन्दा बढी संक्रमित भेटिएको बताएका छन् । 

गता सातामात्रै रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनमा पनि कोरोनाभाइरस संक्रमण देखिएको थियो । योसँगै अब रुसमा ११ मेसम्म लकडाउन बढाएका छन् ।
 

 





  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार १८:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया