सांसद विकास कोषको रकमः कटाउने होइन बढाउने तयारी

काठमाडौं– कोरोना संकटका कारण मुलुक अफ्ठ्यारोमा परेका वेला सांसद विकास कोषको बजेट प्रयोग गरेर महामारी अन्त्यका लागि खर्च गर्नुपर्ने आवाज उठिरहेका वेला सरकारले भने सो कोषको रकम बढाउने तयारी गरेको छ । 

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’अन्तर्गत बजेट छुट्याउनका लागि सत्तापक्ष्का सांसदले दबाब दिएका थिए । सत्तापक्षकै सांसदहरुको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको बुझिएको छ । 

राष्ट्रिय योजना आयोगले सो कोषमा सकेसम्म बजेट बढाउने, नसके ६ करोडकै दरले भए पनि बाँड्ने गरी बजेट विनियोजन गर्ने तयारी गरेको छ । 

सुरुदेखि नै विवादित बन्दै आएको सो कोषमा बजेट छुट्याउँदा विरोध आउला भन्नेमा पनि सत्तापक्ष सजग छ । त्यसैले मोडालिटी परिवर्तन गरेर स्वास्थ्य क्षेत्रमा खर्च गर्न लगाउने भनेर सो रकम विनियोजन गर्ने तयारी छ । 
 





  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार १०:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया