प्रधानमन्त्रीले गरे प्रचण्ड र झलनाथसँग छुट्टाछुट्टै छलफल

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफूइतरका नेताहरुसँगको छलफललाई तीव्र बनाएका छन् । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका ओलीले लगत्तै पूर्वअध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन् ।

‘प्रचण्ड’सँग प्रधानमन्त्रीले स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गरेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको वार्तामा  पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको छ ।

नेकपाको सचिवालय बैठक बुधबार बस्दै छ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ ।   





  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार १४:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया