भारतमा कोरोनाभाइरसः विगत २४ घन्टामा सबैभन्दा धेरै संक्रमण, सबैभन्दा धेरै मृत्यु

भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या विगत २४ घन्टामा सबैभन्दा धेरै भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार भारतमा २४ घन्टामा ३ हजार ९ सय जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । योबीचमा एक सय ९५ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । 

एकै दिनमा यति धेरैमा संक्रमण र मृत्यु भएको भारतमा यो पहिलो पटक हो । 

भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । अनि कोभिड १९ का कारण भारतमा १ हजार ५ सय ५८ जनाको निधन भएको छ ।
 

 





  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार १६:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया