लकडाउन कन्टिन्यू जान्छः सचिव विडारी
सचिव विडारी

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा लगाइएको लकडाउन के गर्ने भन्ने विषयको निष्कर्षमा सरकार पुग्न सकेको छैन । अहिले नै विभिन्न समूहमा जिल्लाहरुलाई वर्गीकरण गरेर अगाडि बढ्ने समय नआएको भन्दै लकडाउन के गर्ने भन्ने निष्कर्षमा सरकार नपुगेको हो । 

यसबारे सरकारले भोलि मन्त्रिपरिषद् बैठकमा थप छलफल गर्ने भएको छ । 

आज बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समिति बैठक सकिएपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने, ‘यो कन्टिन्यू जान्छ ।’

पत्रकारहरुको उनलाई प्रश्न थियो– २५ वैशाखपछि लकडाउन के हुन्छ ? 

उनले यसको निश्चित जवाफ दिएनन् । घुमाउरो पारामा उनले भने, ‘अहिले सरकारले जे गरिरहेको छ, त्यो ठीक छ भन्ने निष्कर्ष निस्किएको छ, अहिलेको अवस्था नै निरन्तर हुन्छ ।’

फेरि पत्रकारहरुले सोधे– कहिलेसम्म हुन्छ त अब लकडाउन ? तपाईंहरुले के सिफारिस गर्नुभएको छ ?



‘अहिलेसम्म नेपाल सरकारले अख्तियार गरेको नीति, क्रियाकलापहरु,’ उनले भने, ‘यसले सबै पक्षमा असर गरेको छ । सबै पक्षबारे छलफल भयो । अहिले जुन सरकारले निर्णय गरेको छ, हामी सही बाटोमा छौँ । यसले नागरिकको जीउज्यानको सुरक्षा गरिरहेको र सही बाटोमा सरकार भएको निष्कर्ष सरकारको छ ।’

उनले अहिलेको अवस्थालाई स्वभाविक र अनवरत रुपमा अगाडि बढाउने जाने छलफल भएको बताएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणलाई शून्यमा झार्ने



सबै शक्ति लगाउने र देशमा कसैले पनि कोरोनाभाइरसका कारण ज्यान गुमाउने अवस्था नआओस् भन्नेका लागि काम गर्ने छलफल भएको पनि उनले बताएका छन् । 

‘यो कन्टिन्यू हुन्छ,’ उनले अन्तिममा भने ।

  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार १९:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया