आज नेकपा सचिवालय बैठक बस्दै, भोलिबाट स्थायी कमिटी बैठक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज साँझ बस्ने भएको छ । पछिल्लो समय पार्टीमा देखिएका विवादमाथि छलफल गर्न भोलिबाट बोलाइएको स्थायी कमिटी बैठकबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्न लागेको हो । 

तीन साताअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको चाहनामा आएको पार्टी फुटाउन सहज हुने अध्यादेश पछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । तर, शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेपछि यो विवाद मत्थर हुँदै गएको छ । 

आजको सचिवालय बैठकमा सहमतिको प्रस्तावमाथि छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । नेकपाले यो सहमतिको प्रस्ताव तयार गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

भोलिबाट सुरु हुन लागेको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीमा एक व्यक्ति एक पदको विषयमा आवाज उठाउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख २४, २०७७ बुधबार ४:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया