कोरोनाभाइरसका कारण सबैभन्दा धेरै मृत्यु हुनेमा बेलायत दोस्रो

बेलायतमा विगतका २४ घन्टामा ६ सय ९३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । 

बेलायती विदेशमन्त्री डोमिनिक राबले दिएको जानकारीअनुसार अब बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ४ सय २७ पुगेको छ । 

विश्वमा सबैभन्दा धेरै नागरिकको कोरोनाभाइरसका कारण निधन हुनेमा यो दोस्रो ठूलो संख्या हो ।

बेलायतमा भन्दा धेरै अमेरिकामा कोरोनाभाइरसका कारण भएका मृत्यु दर्ज गरिएको छ । अमेरिकामा झन्डै ७० हजारको हाराहारीमा अब मृतकको संख्या पुगेको छ ।

यता, युरोपमा बेलायतपछि इटालीमा सबैभन्दा धेरैको निधन भएको छ । पछिल्लो तथ्यांकअनुसार अब इटालीमा २९ हजार ३ सय १५ जनाको निधन भएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार ४:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया