चीनमा कोरोनासंक्रमित दुई जना, मृत्यु शून्य

कोरोनाभाइरस सुरुमा मानिसमा नै संक्रमण भएको चीनको वुहान सहरमा देखियो । अहिले यो भाइरसका कारण संसार निकै आत्तिएको छ । विश्वका अधिकांश देशमा दैनिक कोरोना संक्रमित भेटिएका छन् । 

तर, चीको हुबेई प्रान्तमा ३२ दिन यता कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् । चिनियाँ सरकारी मिडिया शिन्ह्वाका अनुसार त्यहाँ अहिले जनजीवन अब सामान्य हुँदै गएको छ । 

चीनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि लामो समयदेखि निकै मेहनेत गरेको छ । चीनमा कम्तिमा पनि ७५ दिन लकडाउन गरिएको थियो । पूरै चीनमा चाहिँ आज दुई जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै चीनमा संक्रमितको संख्या अब ८२ हजार ८ सय ३३ पुगेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

त्यसो त केही आलोचकहरुले चीनले तथ्याङ्क लुकाएको आरोप लगाइरहेका छन् । अर्कोतिर चीनले यी सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो अर्थतन्त्र फेरि माथि ल्याउने प्रयास सुरु गरिसकेको छ ।





  • प्रकाशित मिति : वैशाख २४, २०७७ बुधबार ११:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया