संघीय संसदका सांसदहरूको पिसिआर टेस्ट हुँदै

काठमाडौं– सरकारले बजेट अधिवेशनको आह्वान गरेसँगै संघीय संसदका सांसदहरूको पिसिआर टेस्ट हुँदै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बिहान १० बजेदेखि पिसिआर परीक्षण सुरु गरिएको हो । 

सुरूमा राष्ट्रिय सभाका सदस्यहरूको परीक्षण गरिनेछ भने ११ बजेपछि प्रतिनिधिसभाका सांसदहरूको पिसिआर टेष्ट हुने संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

शुक्रबार ४ बजेबाट बजेट अधिवेशन सुरू हुँदै छ । जनस्वास्थ्य विभागका विज्ञहरूले त्यसअघि नै सबै सांसदहरूको पिसिआर परीक्षणको रिपोर्ट निकालिसक्ने जनाइएको छ ।

कोरोना भाइरसबाट जोगिन संसद सचिवालयले सांसदहरूको पिसिआर टेष्टको व्यवस्था मिलाएको हो । सचिवालयले संसदमा सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाएको छ । 





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार १०:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया