सप्तरीमा ड्युटी गरिरहँदा अर्का प्रहरीको पनि मृत्यु

सप्तरीमा ड्युटीमा खटिएका प्रहरीको अचानक मृत्यु भएको घटना रहस्यमय बन्दै छ । यसअघि सोमबार त्यहाँ एक सशस्त्र प्रहरी असईको निधन भएको थियो । 

अब फेरि सप्तरीमा नै ड्युटीमा नै रहँदा अर्का एक प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार उनको जिल्ला प्रहरी कार्यालयभित्रै ड्युटी गरिरहँदा मृत्यु भएको हो । 

उनी उदयपुरका हुन् । उनको मृत्यु किन भएको भन्न नसकिने र उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ ।

सोमबार चाहिँ भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका(९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार ११:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया