रुसः मस्कोमा मात्र ३ लाख कोरोनाभाइरस संक्रमित

आधिकारिक तथ्यांकअनुसार रुसमा कोरोनाभाइरस संक्रमितको संख्या अब १ लाख ७७ हजार १ सय ६० भन्दा बढी पुगेको छ । अनि यीमध्ये ९२ हजार भन्दा धेरै रुसको राजधानी मस्कोमा मात्र भेटिएका छन् । 

अर्कोतिर मस्कोका मेयर सरगेई सोबयानिनले रुसमा वास्तविक संक्रमितको संख्या योभन्दा निकै धेरै भएको हुनसक्ने बताएका छन् । रुसको एक समाचार एजेन्सीसँग कुराकानी गर्दै उनले मस्कोमा मात्र झन्डै ३ लाख संक्रमित भएको हुनसक्ने अनुमान गरेका छन् ।

पछिल्ला २४ घन्टामा त्यहाँ ११ हजार २ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो पछिल्ला पाँच दिनमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो । रुसमा पछिल्ला पाँच दिन लगातार १० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएका छन् ।

रुसमा अहिलेसम्म कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ६ सय २५ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १९:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया