भारतको महाराष्ट्रमा मात्रै २० हजार कोरोना संक्रमित

भारतको महाराष्ट्रमा मात्रै अब कोरोनाभाइरस संक्रमितको संख्या लगभग २० हजार पुगेको छ । त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले अहिले कोरोनाभाइरसलाई नियन्त्रणमा लिन नसकेको स्वीकार गरेका छन् । 

पछिल्लो २४ घन्टामा मात्र त्यहाँ १०८९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसका साथै त्यहाँ अब १९०६३ जनामा कोरोनाभाइरस देखिएको छ । अनि महाराष्ट्रमा मृतकको संख्या बढेर ७ सय ३१ पुगेको छ ।

महाराष्ट्रको मुम्बईमा मात्र अब ११ हजार ९ सय ६७ जना संक्रमित छन् । त्यहाँ ४ सय ६२ जनाको कोभिड १९ का कारण निधन भइसकेको छ ।





  • प्रकाशित मिति : वैशाख २६, २०७७ शुक्रबार २२:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया