चीनले कोरोनाभाइरसबारे अन्तर्राष्ट्रिय समीक्षाको सहयोग गर्ने

कोरोनाभाइरस महामारी सकिएपछि विश्व स्वास्थ्य संगठनको अगुवाइमा हुने समीक्षालाई चीनले समर्थन गर्ने बताएको छ । 

यसअघि बारम्बार कोरोनाभाइरसबारे स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको मागलाई चाहिँ चीनले अस्वीकार गर्दै आएको थियो । त्यसपछि चीनको आलोचना मात्र बढेको थिएन, उसले छानबिन गर्न नदिएर कोरोनाभाइरसबारे अनेक तथ्य लुकाएको आरोप पनि लागेको थियो । विशेषगरि अमेरिकामाले चीनमाथि यस्तो आरोप लगाउँदै आएको छ । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चनयिंगले शुक्रबार चीन यो भाइरसबारे डब्लूएचओको नेतृत्वमा हुने छानबिनमा सरिक हुने र यसलाई सहयोग गर्ने पनि बताएकी हुन् ।

तर, अझै पनि चीनले यो भाइरसको उत्पत्तिबारे हुने छानबिनलाई असहयोग गर्ने बताएको छ । डब्लूएचओले चाहिँ भाइरसका कारण विश्वभर भएको समस्या र यसको तयारीको विषयमा जाँच गर्न पाउने चीनले बताएको हो । 





  • प्रकाशित मिति : वैशाख २६, २०७७ शुक्रबार २२:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया