अब नेपालमा पनि काेराेनाभाइरसकाे पुल टेस्टिङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्‍वारेन्टाइनमा रहेका र न्यून जोखिममा रहेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको लागि पुल टेस्टिङको व्यवस्था गरेको जनाएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको निर्देशन अनुसार सम्बन्धित निकायलाई पुल टेस्टिङको लागि पत्राचार भइसकेको जानकारी दिए ।

उनका अनुसार यो टेस्टिङले थोरै रिएजेन्टले पनि धेरै जनामा परीक्षण गर्न सम्भव हुने भएकाले परीक्षणको थप दायरा बढाउन सकिन्छ ।

पुल टेस्टमा हरेक व्यक्तिबाट लिइएको स्वाब नमुना छुट्टाछुट्टै नभई समूह (पुल) बनाएर एकैचोटि परीक्षण गरिन्छ ।

यसरी गरिएको परीक्षणमा कोरोना देखिएन भने त्यो समूहमा कुनै पनि व्यक्तिलाई संक्रमण छैन भन्न सकिन्छ । पोजिटिभ रिजल्ट आएको खण्डमा भने ती समूह (पुल) का प्रत्येक नमुनाका लागि छुट्टाछुट्टै व्यक्तिगत परीक्षण गरेर कुनचाहिँ पोजिटिभ हो भनी यकिन गर्न सकिन्छ ।

यो परीक्षणलाई त्यस्तो स्थितिमा उत्तम उपाय मानिन्छ जहाँ परीक्षण भइरहेका बहुसंख्यक मानिसलाई यो रोग छैन भन्ने रिपोर्ट आइरहेको हुन्छ ।





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २२:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया