कोरोनाभाइरसः कुवेतले पनि घोषणा गर्‍यो २० दिने लकडाउन

विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार कुवेतमा पनि अब कोरोनाभाइरस महामारीको प्रभाव देखिन थालेको छ । यसका साथै कुवेतले पनि २० दिने लकडाउन घोषणा गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्नका लागि कुवेतमा देशव्यापी लकडाउन घोषणा गरिएको हो । 

यो लकडाउन आइतबारबाट सुरु हुने बताइएको छ ।

कुवेतमा पछिल्लो समय लगातार संक्रमणको संख्या बढिरहेको बताइएको छ । शुक्रबार एक दिनमा मात्र कुवेतमा ६ सय ४१ नयाँ संक्रमित भेटिएका थिए । यो सँगै त्यहाँ संक्रमितको संख्या ७ हजार नाघेको छ । 

कुवेतमा अहिलेसम्म कोभिड १९ का कारण ४७ जनाले ज्यान गुमाएका छन् । पहिलो पटक कुवेतमा २४ फ्रेबुअरीमा संक्रमित भेटिएका थिए ।





  • प्रकाशित मिति : वैशाख २७, २०७७ शनिबार ६:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया