चीनमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या– १

चीनमा शुक्रबार केवल एक जनामा मात्र कोरोनाभाइरस संक्रमण भएको पाइएको छ । 

चीनको सरकारी एजेन्सी नेसनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार बिहीबार पनि चीनमा एक जनामा मात्र कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

चीनमा भेटिएका यी संक्रमित व्यक्ति विदेशबाट फर्किएका थिए ।

अर्कोतिर शुक्रबार चीनमा कम्तिमा पनि १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ, जसमा कुनै लक्षण देखिएको थिएन । बिहीबार यो संख्या १६ थियो ।

कोरोनाभाइरसको सुरुवात नै चीनबाट भए पनि चीनमा यो भाइरसका कारण अरु देशको तुलनामा अत्यन्त कमले ज्यान गुमाए । त्यहाँ अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ छ । 





  • प्रकाशित मिति : वैशाख २७, २०७७ शनिबार १२:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया