मन्चमै सेतो बाघ उत्पन्न गराउने जादूगरको कोरोनाका कारण मृत्यु

वर्षौदेखि आफ्नो जादू देखाएर दर्शकहरुलाई अचम्ममा पारको एक जादूगरको मृत्यु भएको छ । कोरोनाभाइरसका कारण ७५ वर्षको रोय हर्नको मृत्यु भएको हो । 

रोय र उनका जर्मन साथी सिगफ्राइड फिस्सबासरले जादूको दुनियाँमा निकै चलेको नाम हो । उनीहरुले पोशाक र मन्चमा नै सेतो बाघ देखाउन सक्ने जादू निकै चर्चित थियो । 

लस भेगसमा सन् १९६७ देखि जादू देखाउन थालेका यी दुईले कहिल्यै पनि अडियन्स नपाएको गुनासो गर्नु परेन ।

सन् २००३ मा मन्चमा नै जादूको माध्यमबाट देखाइएको बाघले आक्रमण गरेपछि रोयले जादू देखाउन छाडेका थिए । उनी त्यति बेला गम्भीर घाइते भएका थिए ।





  • प्रकाशित मिति : वैशाख २७, २०७७ शनिबार १३:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया