भारत सरकारको अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : श्रेष्ठ

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भारतले  अनधिकृत रुपमा नेपाली भूमिमा सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर भारतले अतिक्रमण गरेकाले सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, 'भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु। हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तु कदम चालोस् ।'





  • प्रकाशित मिति : वैशाख २७, २०७७ शनिबार १५:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया