२८ अप्रिलपछि चीनमा एकै दिनमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित

चीनमा कोरोनाभाइरस संक्रमण भएका नयाँ १४ जना व्यक्ति भेटिएका छन् । यो २८ अप्रिलपछि त्यहाँ यति धेरै कोरोनाभाइरस संक्रमित भेटिएको पहिलो पटक हो । 

यीमध्ये १४ मा दुई जना चाहिँ विदेशबाट आएको चीनले बताएको छ । १२ जनालाई चाहिँ स्थानीय स्तरमा कोरोनाभाइरस संक्रमण भएको हो । 

त्यस्तै शनिबार नै चीनमा लक्षण नभएका २० अन्य संक्रमित पनि भेटिएका छन् । यो १ मेपछि सबैभन्दा धेरै संक्रमित भेटिएको दिन भएको छ। 

यसका साथसाथै चीनमा अब संक्रमितको संख्या ८२ हजार ९ सय १ पुगेको छ । त्यहाँ कोभिड १९ का कारण ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार ११:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया