काेराेनाविरुद्ध लड्न म्याराडाेनाले हस्ताक्षर गरेकेा जर्सी बिक्रीमा
फाइल तस्वीर ।

डिएगो म्याराडोनाले कोरोना भाइरस संक्रमण महामारीविरुद्ध सहयोगी हात बढाएका छन् । उनले हस्ताक्षर गरेको अर्जेन्टिनी राष्ट्रिय जर्सी बिक्रीमा राखिने छ ।

त्यसबापत् उठेको रकम महामारी र त्यस कारण लागू भएको लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गर्न खर्च गरिनेछ । म्याराडोनाले भनेका छन्, ‘हामी यो समस्याबाट पक्कै मुक्त हुनेछौं ।’

सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा प्रयोग गरेका जर्सीको रिप्लेकामा म्याराडोनाले हस्ताक्षर गरेका छन् । म्याराडोना जन्म भएको सहर ब्युनर्स आयर्समा लकडाउनका कारण धेरैले आर्थिक समस्याको सामना गरिरहेका छन् ।





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार ११:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया