मेयरमाथि आक्रमण गर्ने युवा संघका नेताले गरे आत्मसमर्पण

गत वैशाख १३ गते जाजरकाेटकाे भेरी नगरपालिकाका मेयर एवम सत्तारुढ नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य सिपी घर्तीमाथि भौतिक आक्रमण गरेको आरोप लागेका राष्ट्रिय युवा संघ जाजरकोटका पूर्व संयोजक दिपेन्द्र शाहीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले मेयर आक्रमणका मुख्य आरोपित शाहीसहित चार जनाले प्रहरी सामु आत्मसमर्पण गरेको बताए । उनले शाही र उनको समूहका अन्य तीन युवाहरु विरुद्ध दर्ता भएको मुद्दाको प्रक्रिया अघि बढ्ने बताए ।

मेयर आक्रमणको घटनामा आफूमाथि झुटा आरोप लगाएर मुद्दा दर्ता गरिएको भन्दै शाहीले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न आफूले प्रहरी समक्ष स्वेच्छिक रुपमा आत्मसमर्पण गरेको बताए । नेकपाका एक नेताको मलामी गएको बेला भेरी नगरपालिका वडा नम्वर १० फेराखोलास्थित भेरी नदीको किनारमा मेयर घर्तीमाथि भौतिक आक्रमण हुँदा उनी घाइते भएका थिए । आफूमाथि आक्रमण गर्ने दिपेन्द्र शाही र उनका भाइहरु भएको मेयर घर्तीले बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार १५:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया