१७ मेपछि पनि हुनसक्छ भारतमा लकडाउन

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा गरिएको लकडाउन फेरि लम्बिने संकेत देखिएको छ । भारतीय मिडियाहरुका अनुसार यसबारे छलफल गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भोलि छलफल गर्न लागेका छन् । 

भारतमा तेस्रो चरणको लकडाउन १७ मेमा सकिँदै छ । त्यसैले पनि भोलिको यो बैठक निकै महत्वपूर्ण मानिएको छ । 

मिडियाहरुले भारतमा फेरि लकडाउन थपिन सक्ने बताएका छन् । 

केही दिन यता भारतमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । अहिले भारतमा ६४ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगेका छन् । 





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार १७:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया