कोरोनभाइरसः के भइरहेको छ अमेरिका र क्यानडामा ?

कोरोनाभाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेको छ । योसँगै अमेरिकामा झन्डै ८० हजार जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । 

अमेरिकामा कोरोना महामारी सुरु भएपछि बेरोजगारी दर बढेर १४.७ प्रतिशत पुगेको छ । 

आज महामारी राम्रोसँग नियन्त्रणमा लिन प्रयास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ४० वटा ट्विट गरेका छन् ।

पछिल्लो समय ह्वाइट हाउसमा पनि कोरोना संक्रमणको भय निकै बढेको पाइएको छ । अमेरिकी उपराष्ट्रपतिकी प्रेस सल्लाहकारमा कोरोनाभाइरस संक्रमण बढेपछि ह्वाइट हाउसका कर्मचारीहरु पनि डराउन थालेको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

उता, क्यानडामा अमेरिकाको तुलनामा भाइरसको प्रभाव अत्यन्त कम छ । क्यानडाको क्युबेकमा प्राथमिक विद्यालयहरु सोमबारबाट खुल्दै छन् । तर, कक्षाहरुमा उपस्थिति अनिवार्य गरिएको छैन । 





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार २१:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया