भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता मनमोहन सिंह छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । 

न्युज एजेन्सी एएनआईका अनुसार मनमोहन सिंहले छाती अत्यन्त दुखेको बताएपछि उनलाई अस्पतालमा लगिएको हो । 

कांग्रेस प्रवक्ता जयवीर शेरगिलले यो समाचारको पुष्टि गरेका छन् । उनले ट्विट गर्दै सिंहलाई स्वास्थ्यलाभको कामना गरेका छन् । 

सन् २००४ देखि सन् २०१४ सम्म भारतका प्रधानमन्त्री भएका सिंहको अवस्थाबारे थप जानकारी आउन बाँकी छ । 
 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २२:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया